बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ । 

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १-० ले पराजित गरेको हो । डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका थिए । निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो । 

दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस