२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती नदिन सुझाएका छन् । नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा नहुने बताए । “नेतृत्व स्वयंले काम गर्नुपर्दछ । जसको सकारात्मक प्रभाव तलसम्म पुग्दछ”, उनले भने, “उपभोक्तामुखी सोचले व्यक्ति मात्र होइन, पार्टी पनि सिद्धिन्छ ।”

राजनीतिक लडाइँभन्दा आजको समृद्धिको लडाई अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उनले यो कठिन अवस्थालाई सामना गरेर सबैले आआफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रूपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गरे । 

उनले भने, “म अहिले कर्णाली सरकारको नेतृत्व गरिरहेको छु । म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन । यसमा सहयात्री दल, पार्टीभित्र पनि समकक्षी साथीहरू छन् । सबैको साथ सहयोगबाट मात्र परिणाम निकाल्न सकिन्छ । कर्णालीको विकास र समृद्धिको अभियानमा सबै एकमत हुन जरुरी छ । यसो हुन सके मात्र हामीले अपेक्षा गरेको सपना हुन्छ ।” उनले गलत काम गर्नेको पक्षमा नबोल्न र त्यस्ता कार्यमा नजोडिन पनि सुझाए । 

उद्घाटन कार्यक्रममा सहभागी एमालेका केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट, केन्द्रीय सल्लाहकार समितिका सदस्य बालाराम शर्मा, प्रदेश सचिव ध्रुवबहादुर शाही, जिल्ला अध्यक्ष कुलमणि देवकोटालगायतले अब्बल नेतृत्व चयन गर्न भन्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस