४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारण सभा आह्वान गरेको छ ।

वैशाख २६ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । आफूसँग भएको सेयर सङ्ख्याको ४० प्रतिशत (१० बराबर ४ कित्ता) का दरले अङ्कित मूल्यमा सेयर पाउने छन् ।

वैशाख २७ गतेका लागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तय गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ कायम हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८४६ रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस