श्रमिकका अधिकार सुनिश्चित गर : आयोग « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

श्रमिकका अधिकार सुनिश्चित गर : आयोग


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ ।

१३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना दिँदै आयोगले नेपाल सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन समेत आग्रह गरेको छ । सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने, गराउने कार्यमा विशेष जोड दिन आयोगले नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको हो ।

‘निजी क्षेत्रमा कार्यरत श्रमिकहरूले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिकाहरू, इट्टा भट्टा, होटेल तथा रेष्टुरेन्टहरु र निजी घरहरूमा समेत बाल श्रमिकको रूपमा काम गर्न बाध्य भएको एवम् बाल हिंसा र यौन दुव्र्यवहारबाट पीडित भएका भनिएका घटनाहरू आयोगको जानकारीमा आएका छन्’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यस्थलमा हुने दुर्घटनाबाट नेपालमा श्रमिकहरू दिनहुँ घाइते तथा अङ्गभङ्ग हुनुपरेको मात्र नभएर ज्यानै समेत गुमाउनुपरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस