२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा 

अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकपमा टिमले टी–२० अन्तर्राष्ट्रियका पूर्णकालिक कप्तान मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन् ।

टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । यसबाहेक अष्ट्रेलियाका टेष्ट र एकदिवसीय कप्तान प्याट कमिन्सलाई पनि टोलीमा राखिएको छ । प्याट कमिन्स हाल आईपीएल २०२४ मा सनराइजर्स हैदरावादको नेतृत्व गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न नसकेका अलराउन्डर क्यामरुन ग्रीनलाई पनि टोलीमा मौका दिइएको छ ।

सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अष्ट्रेलिया उपाधि जित्ने प्रबल दाबेदार हुनेछ । बोर्डले प्रतियोगिताका लागि टिममा रहेका अधिकांश अनुभवी खेलाडीमा विश्वास व्यक्त गरेको छ । अष्ट्रेलियाले आईपीएल २०२४ मा विस्फोटक इनिङ्स खेलिरहेका ज्याक फ्रेजर म्याकगुर्कलाई टिममा राखेको छैन । म्याकगुर्कको नामलाई लिएर निकै चर्चा भएको थियो । अष्ट्रेलियाले केन्द्रीय सम्झौतामा परेका मार्कस स्टोइनिसलाई मौका दिएको छ ।

विश्वकप खेल्ने अष्ट्रेलियाको टोली  :

मिचेल मार्स (कप्तान), प्याट कमिन्स, एस्टन आगर, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा ।

प्रतिक्रिया दिनुहोस