१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो गणेशमानसिंह टी-२० प्रतियोगिताको उपाधि

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशले पहिलो संस्करणको वीर गणेशमानसिंह टी-२० प्रतियोगिता फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै उपाधि जितेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमा अल आउट भयो ।

कर्णालीका विपिन शाहीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । विपिन रावलले ३१ बलमा १ चौकासहित २३ र दीपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।

लुम्बिनीका स्पिनर अभिषेक गौतमले ३.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । नर सार्कीले २ ओभरमा ७ रन खर्चेर २, देव खनाल र मिर्नल गुरुङले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लुम्बिनीका मिर्नल गुरुङले ३० बलमा ३ चौकासहित २७, देव खनाल, आकाश त्रिपाठी र सुनिल भण्डारीले ८-८ रन बनाए ।

विराट भण्डारी २३ बलमा २ चौकासहित २६ र कृष्ण कार्कीले २२ रन बनाए । कर्णाली प्रदेशका युनिस ठकुरीले ४ ओभरमा १७ रन खर्चेर ३, दिवान पुन र दिनेश अधिकारीले २-२ विकेट लिए ।

७ प्रदेश सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा भएको थियो । लुम्बिनी शीर्ष र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । समान ८ अंक भए पनि बागमती र मधेश नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा रहेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस