काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको जिल्ला सम्मेलन आगामी जेष्ठ १९ गते काठमाडौँमा हुने भएको छ ।
अछाम-काठमाडौँ सम्पर्क समन्वय समिति र सुदूरपश्चिम सम्पर्क समन्वय समितिका पदाधिकारीको गत शनिबार काठमाडौँमा बसेको बैठकले वैशाख १५ गर्ने निर्णय गरे पनि ईलाम र बझाङको चुनावका कारण १९ गतेका लागि सारिएको हो ।
पार्टीको केन्द्रीय अभियान र सम्पर्क समन्वय समितिलाई नयाँ ऊर्जा र नेतृत्वका साथ अगाडि बढाउने उद्देश्यका साथ सम्मेलन हुन लागेको समितिले जनाएको छ ।