२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका-२०८० जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेपछि पत्रपत्रिकामा बोलपत्र आह्वान नगर्नुपर्ने व्यवस्था उल्लेख गरेको थियो ।

निर्देशिकाको दफा ५ (१) मा ‘सरकारी कोष प्रयोग गरी खरिद गर्ने संस्थाले खुला रूपमा बोलपत्र वा पूर्वयोग्यता वा प्रस्ताव आह्वान गरी निर्माण कार्य वा मालसामान वा परामर्श सेवा वा अन्य सेवा खरिद गर्दा विद्युतीय खरिद प्रणालीमार्फत मात्र गर्नु पर्नेछ’ उल्लेख गरेको थियो ।

यो व्यवस्थाविरुद्ध राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को तर्फबाट १३ मंसिरमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

न्यायाधीश सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको इजलासले गत २० पुसमा फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

फैसलाको पूर्णपाठले बोलपत्रको सूचना अब पत्रपत्रिकामा पनि अनिवार्य रूपमा गर्नुपर्ने उल्लेख गरेको छ ।

निर्देशिकाको दफा ५ (१) मा रहेको मात्र भन्ने शब्दलाई बदर गरेको फैसलाको पूर्ण पाठमा उल्लेख छ । त्यसैगरी दफा ४५ मा विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरिएको अवस्थामा बोलपत्र खरिद प्रक्रियासँग सम्बन्धित कुनै पनि सूचना अन्य माध्यमबाट प्रकाशन गर्नुपर्ने छैन भन्ने उल्लेख थियो ।

सर्वोच्चले फैसलाको दफा ४५ को व्यवस्था समेत बदर गरेको छ । उक्त दफा बदर भएसँगै अब पत्रपत्रिकामा पनि अनिवार्य रूपमा सूचना प्रकाशित गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस