२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा उन्मूलन भयो औलो

अ+ अ-

म्याग्दी । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ।

नेपालमा दुई दशक अघिसम्म औलो रोग महामारीका रूपमा रहेको थियो। सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ।

पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए।

‘मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिँदै आएको छ,’ उनले भने, ‘पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने आधार बनेको छ।’

सचेतनामूलक कार्यक्रम, समुदाय स्तरमा सावधानी, उपचारमा पहुँच वृद्धि, स्वास्थ्य चौकी तहमा परीक्षण गरी औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मूलन हुन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए।  

उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा २६, २०७८/७९ मा १३ र २०७७/७८ मा १२ जना औलोका बिरामी भेटिएका थिए।

उनीहरू सबै आयातित औलोका बिरामी हुन्। विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ।

तापक्रम वृद्धिको असर, विदेशी मुलुकमा हुने आवतजावत, पर्यटक, जोखिमयुक्त ठाउँमा यातायात सम्बन्ध आदिका कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र सापकोटाले बताए।  

‘औलोको जोखिम रहेको भारतका धेरै नागरिक तीर्थयात्रीका रूपमा म्याग्दी र मुस्ताङ आउने भएको हुँदा उनीहरूसँगै आयातित औलो भित्रने जोखिम छ,’ उनले भने, ‘शङ्कास्पद बिरामीको परीक्षण र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक छ।’

ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन्। फाल्सीफोरम परजीवीका कारण हुने औलोमा इन्सेफ्लाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ।

औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घर वरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरूलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन्।