२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

अ+ अ-

काठमाडौँ । संघीय राजधानी काठमाडौँ आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौँ उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो । देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ । 

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार आज बिहान काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक अवस्था हो । दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८६ रहेको छ । तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्ली छ । दिल्लीमा प्रदूषणको तह १७३ रहेको छ । 

मौषसविद् विनोद पोखरेल नेपालको आकाशमा प्रदूषणको बाक्लो लेयर देखिएको बताउँछन् । ‘काठमाडौँको प्रदूषण फेरि एकपटक उत्कर्षमा पुगेको देखिन्छ । स्याटेलाइट इमेजमा हेर्दा नेपालको आकाशमा प्रदूषणको एउटा लेयर नै बसेको देखिन्छ,’ उनले भने । 

उनका अनुसार शुक्रबार र शनिबार तापक्रम यो वर्षकै उच्च हुन सक्ने सम्भावना देखिएको छ भने तापक्रम उच्च हुँदा आगलागीको समेत उच्च जोखिम बढ्नेछ । तत्कालै पानी पर्ने सम्भावना समेत नदेखिएकाले प्रदूषणको मात्रा आइतबारसम्म पनि रहन सक्ने उनको भनाइ छ । 

आगलागीका कारण देशभरि हजारौँ वन क्षेत्र नष्ट भएको छ भने आगलागीले सयौँ परिवार घर विहीन बनेका छन् । आगो निभाउने क्रममा जलेर दर्जनौँ मानिसको ज्यान गएको छ भने सयौँ घाइते बनेका छन् । 

गृह मन्त्रालयका अनुसार पछिल्लो साता मात्रै देशभरि १८८ स्थानमा आगलागी भएको छ । त्यसमध्ये १४४ वटा वनमा आगलागी भएको हो । 

प्रतिक्रिया दिनुहोस