२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको होटल व्यवसाय प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ : मुख्यमन्त्री अधिकारी

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । 

  पोखरा महानगरपालिका-६ लेकसाइडमा नवनिर्मित ‘पोखरा भिजेल एण्ड स्पा’को आज शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवामा जोड दिन होटल व्यवसायीलाई आग्रह गरे । 

मुख्यमन्त्री अधिकारीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सरकार र निजी क्षेत्र बीचमा थप सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन व्यवसायमा रु छ अर्बभन्दा बढी लगानी भएको जनाउँदै सरकारीस्तरबाट थप सहयोग आवश्यक छ भने । 

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सरकारी सेवा सुविधाबाट पर्यटन व्यवसायी वञ्चित रहेको उल्लेख गर्दै कर असुलीसँगै राज्यका तर्फबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पोखराको पर्यटन प्रवर्द्धनमा आकर्षण बढेको बताए।  पोखरा भिलेजका सञ्चालक हरि शर्मा गैरेले ६५ वटा कोठासहित तीन वटा सभा कक्ष भएको सो भवन निर्माणमा रु २५ करोड लगानी भएको जानकारी दिए । 

होटलमा हाल ७४ जनाले रोजगार प्राप्त गरेको उनको भनाइ छ । कार्यक्रममा सञ्चालक बालकृष्ण गैरे, जनरल मेनेजर लक्ष्मण खड्कालगायतले होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पारेका छन् ।

प्रतिक्रिया दिनुहोस