२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम-२ मा प्रभु शाहले डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने

अ+ अ-

काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले वैशाख १५ मा इलाम–२ मा हुने निर्वाचनमा पहिचानवादीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ।

मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको प्रवक्ता चन्द्र भूषण साहले बताएका छन्।

अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने भएकाले गम्भीरतापूर्वक लिनु मतदातालाई आह्वान गरेको छ।

आजपाले भनेको छ, ‘अहिले इलाम-२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो नाटक गरे पनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाइँ छ। अहिलेको लुटकारी दलतन्त्र र दलभित्रका केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवम् धोखेबाज नेताहरूको अपराधले गर्दा नै देश अहिले सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा यसबाट ठोस एवम् दीर्घकालीन निकासका लागि आम नागरिकको सर्वोच्चता स्थापित गराउन महत्त्वपूर्ण भूमिका एवम् योगदान गर्ने सक्ने कुशल, कर्तव्यनिष्ठ, इमानदार एवम् प्रतिबद्ध नेतृत्वको छनौट जरुरी छ।’

लिम्बुलाई यसअघि नै उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलगायतले समर्थन जनाएका छन्।

इलाम दुईमा एमालेको तर्फबाट सुहाङ नेम्वाङ, काँग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू प्रतिस्पर्धामा छन्। एमालेका नेम्वाङलाई माओवादीले पनि समर्थन गरेको छ।

प्रतिक्रिया दिनुहोस