काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको भातृ संगठन रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित भएका छन् ।
सेन्टरको प्रथम महाधिवेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष निर्वाचित भएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट प्राप्त गरेका हुन् ।
निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ । सेन्टरको वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षमा भीम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नबिराज खान चयन भएका छन् । यसै गरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एक मात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् ।