२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तडमा वन्यजन्तु सप्ताहको अवसरमा पदमार्ग सरसफाइ अभियान

अ+ अ-

डोटी । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रका विभिन्न पदमार्गहरूको वन्यजन्तु सप्ताहको अवसरमा सरसफाइ गरिएको छ । 

वैशाख १ गते देखि सञ्चालन भएको २९ औँ वन्यजन्तु सप्ताह पदमार्ग सरसफाइ अभियानको आज एक कार्यक्रमका बिच समापन गरिएको खप्तड राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 

‘वन्यजन्तुको संरक्षण     पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको अभियान अन्तरगत खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रका विभिन्न पदमार्गहरूको सफार्ई गरिएको निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

प्लास्टिक जन्य सामाग्रीका कारण वन्यजन्तु संरक्षणमा चुनौती थपिएको बताउँदै निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले खप्तड राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान थालिएको बताए । उनले भने हाम्रो लक्ष्य भनेको खप्तड राष्ट्रिय निकुञ्जमा हुने चोरी सिकारीमा शून्यता ल्याउने, प्लास्टिक मुक्त क्षेत्र बनाउने, खप्तड राष्ट्रिय निकुञ्जको संरक्षण प्रवर्द्धनमा सरोकारवालको सहभागिता गराउने रहेको बताए । 

खप्तड राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकहरूले प्लास्टिक प्रयोग गरी जथाभाबी नफाल्न, डस्बीन र निश्चित ठाउँमा मात्र फाल्न समेत अनुरोध गरेका छन् । यदि कुनै पनि व्यक्तिले निकुञ्ज भित्र जथाभाबी फोहोर गरेमा कानुन बमोजिम कारबाही हुने समेत निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

सरसफाइ अभियान अन्तरगत झिग्राना, बिचपानी खप्तड मार्ग, झिग्राना मालिका मन्दिर, अछाम भास्कुन खप्तड मार्ग, बझाङ लोखडा खप्तड मार्गहरूको सरसफाइ गरिएको कार्यालयले जनाएको छ । सरसफाइ अभियानमा नेपाली सेना, निकुञ्जका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।  

नेपालमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणको महत्त्व र दिगो उपयोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वि।स।२०५३ सालदेखि प्रत्येक वर्षको वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गतका कार्यालयहरूले वन्यजन्तु सप्ताह मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस