१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ प्रहरीद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुआत गरेको छ ।

राज्यको सेवा प्रवाहको पहुँचमा नपुगेका, उपेक्षित समुदायसँग प्रहरीले  अन्तर संवाद गर्ने, आपसी विश्वास बलियो बनाई उनीहरूबाट भइरहेका वा हुनसक्ने गैह्रकानुनी तथा आपराधिक घटनामा कमी ल्याउने उद्देश्यले उक्त संवाद आयोजना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, “आफ्नो, पेसा, व्यवसायमा व्यस्त हुने, जो प्रहरी कार्यालयसम्म आफ्ना गुनासाहरू लिएर आउन सक्नु हुन्न उहाँहरूलाई लक्षित गरी यो संवाद आयोजना गरिएको हो, नागरिकलाई परेका समस्यामा हामी समाधानका लागि अग्रसर हुने छौँ ।”

प्रहरी परिसर काठमाडौँको क्षेत्रभित्र लक्षित समूहलाई पायक पर्ने स्थानमा  छ चरणमा संवाद गरिने प्रमुख खत्रीले बताए । आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा भएको सडक संवादमा उपस्थित लक्षित वर्गका सहभागीले आफ्ना समस्या खुलेर राखेका थिए ।

कतिपयले आफूहरूमाथि कुटपिट हुने, लुटपाटका घटना हुने र प्रहरीलाई खबर गर्दा पनि पक्राउ नपरेको दुखेसो सुनाएका थिए । नेपालको संविधानले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा राज्यको पहुँच बाहिरका समुदायलाई विशेष प्राथमिकतामा राखी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसारका लक्षित वर्गलाइ केन्द्रित गरी रोडसाइड रोलकल सडक संवाद सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनले भने, “उहाँहरूको गुनासो, पीरमर्का र समस्याको सुनुवाइ गर्दै सामाजिकीकरणको मूल प्रवाहमा ल्याउन जरुरी छ ।”

कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी परिसर प्रमुख खत्रीले राज्यले प्रदान गरेको अभिभारा पूरा गर्न नेपाल प्रहरी सङ्गठनले व्यावसायिक निष्ठाका साथ अधिकतम प्रयास गर्दै आएको बताए । प्रहरीले अपेक्षित सफलता प्राप्त गर्दै आइरहेको समेत उनको भनाइ थियो । उनले भने, “समुदायका सदस्यहरूबाट सामाजिक सचेतना एवं कानुनी ज्ञानको अभावमा जानरअन्जान बाट हुन सक्ने आपराधिक कार्यलाई घटाउन सके समग्र काठमाडौँ जिल्लाको शान्ति सु-व्यवस्था सुदृढ हुने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस