काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार(आज) सूचना जारी गर्दै कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
अन्तरगत रहेका स्वास्थ्यका निकायहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिएको भन्दै सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन पनि निर्देशन दिइएको छ ।
‘कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैह्र उपस्थित रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एव विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आ आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ’ सचिव बुर्लाकोटीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
