२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२९ गाउँपालिकामा खटाइए प्रमुख प्रशासकीय अधिकृत (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २९ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको हो । मन्त्रालयले मङ्गलवार उनीहरूलाई पदस्थापन/कामकाजमा खटाएको हो । स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत रिक्त नराख्ने नीतिअनुसार मन्त्रालयले नवनियुक्त शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको हो ।

मन्त्रालयले शाखा अधिकृत अशर जी.सी.लाई अर्घाखाँचीको मालारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ भने बाग्लुङको बडिगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्ति पौडेल, अछामको तुर्माखाँद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा शाखा अधिकृत द्रुवप्रसाद अधिकारीलाई खटाइएको छ ।

यसैगरी काभ्रेको भुल्मु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्जुन कुमार राउत, लमजुङको मर्स्याङ्दी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विवेक रणपाल परियार, पर्वतको महाशिला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अभिनय अधिकारीलाई खटाइएको छ । मन्त्रालयले मनाङको चामे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनोद रेग्मी, काभ्रेको रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शिव प्रसाद भन्तना, म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मोती प्रसाद अर्याललाई खटाएको छ ।

डोटीको आदर्श गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदमराज अवस्थी, जाजरकोटको शिवालय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामु ज्ञवाली, काभ्रेको खानीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीवन गैरे, सल्यानको कुमाख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा समीर गौतमलाई खटाइएको छ । यसै गरी मन्त्रालयले गोपाल शाहीलाई डोल्पाको काईके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, दिपेन्द्र भण्डारीलाई जुम्लाको कनकासुन्दरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ ।

रोल्पाको माडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा यज्ञ बहादुर भण्डारी, सिन्धुपाल्चोकको लिंसखुपाखर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा समीता थापा, ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भिम बहादुर सुब्बा, डोटीको पूर्वीचौकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विक्रम श्रेष्ठ, पर्वतको जलजला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकराज खत्री, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शर्मिला पौडेललाई खटाइएको छ ।

मन्त्रालयले डोटीको के.आई.सिं गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हिमाल डंगौरा, बागलुङको निसिखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीवन पुनमगर, सर्लाहीको पर्सा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा योगेश कुमार यादवलाई खटाएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विकाश बि.क., सर्लाहीको रामनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अमित कुमार साह, मकवानपुरको बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पवन कुमार केशरीलाई खटाइएको छ । मन्त्रालयले जाजरकोटको जुनीचाँदे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्क बहादुर वली र सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्तोष रायलाई खटाएको छ ।

अझै पनि मधेस र दुर्गमका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत जान सकेका छैनन् । स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत रोज्ने तथा स्वयं कर्मचारीले पनि अनुकूल मात्रै खोज्ने तथा मन्त्रालयका उच्चपदस्थहरूले त्यसैमा सही थाप्ने प्रवृत्तिले यो समस्या परेको हो । जसका कारण कनिष्ठ कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नु परेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाह र विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस