१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोभायात्रासहित वीरगञ्जमा रामनवमी मनाइँदै

अ+ अ-

वीरगञ्ज (पर्सा)। हिन्दु धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । 

रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो ।

रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगञ्जको रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने बताए । 

“हामीले धार्मिक परम्पराअनुसार नै श्रीराम भगवान्को जन्मोत्सव मनाउँदैछौँ”, उनले भने, “गत माघ ८ गते भारतको अयोध्या मन्दिरमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीसँगै रहेको रामजानकी मन्दिरमा रामदरबार तथा बजरङ्गबली प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो । यसले गर्दा पनि यसको पनि छुट्टै महत्त्व बढाइरहेको छ ।” 

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताए । “ओझेलमा परेका धार्मिकस्थलको जीर्णोद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्फ  सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्कोतर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्फ केन्द्रित हुँदै आएका छौँ ।”

शोभायात्रा झाँकीसहित बिहान ७ बजे निकालिएको थियो । शोत्रायात्रा वीरगञ्जका मुख्य बजार क्षेत्र परिक्रममा गरेर मन्दिर प्राङ्गणमा आएको थियो । मन्दिरका मूल पुरोहितले बिहानैदेखि धार्मिक परम्पराअनुसार पूजाआजा गरेको बताए । यो मन्दिर ७५ वर्षअघि स्थापना भएको बताइएको छ । रामजानकी मन्दिर तदर्थ समितिका अनुसार मध्याह्न १२ बजे प्रसाद वितरण कार्यक्रम छ भने अपराह्न ४ बजे रामायण झाँकी हुनेछ । साँझ ६ः३० बजे आरती समाप्तिपछि प्रसाद वितरण हुनेछ  ।

प्रतिक्रिया दिनुहोस