२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी

अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन् । 

हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ । यो भिडियो सार्वजनिक भएपछि अधिकांशले आमिरले उक्त पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ ।

आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा कुनै पनि राजनीतिक दल प्रति आफ्नो लेनादेना नरहेको उल्लेख गरेका छन् ।

मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उक्त विशेष क्लिप ‘झुठो’ रहेको बताएका छन् । उनले अभिनेता आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन् ।

‘हामी स्पष्ट पार्न चाहन्छौं कि आमिर खानले आफ्नो ३५ वर्षे करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन् । उनले पछिल्ला कैयौं चुनावमा चुनाव आयोगको जन जागरूकता अभियानको माध्यमबाट जागरूकता बढाउने प्रयास गरेका छन् । हामी हालै भाइरल भिडियोबाट चिन्तित छौं । भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ । हामी यो स्पष्ट पार्न चाहन्छौं कि त्यो फर्जी भिडियो हो र पूर्ण रूपमा झुठो हो’, विज्ञप्तिमा उल्लेख छ ।

कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमिन पर’मा देखिँदैछन् । यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो ।

प्रतिक्रिया दिनुहोस