२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

अ+ अ-

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवर्द्धनमा पनि उनीहरू लागेका छन् । 

यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेका पुजारी प्रेमबहादुर खड्काले बताए । रामनवमी, तिज, शिवरात्रि, बालाचतुर्दशीलगायत पावन दिनमा  मेला लाग्ने गरेको छ ।

मन्दिरको प्रचारप्रसारसँगै यसको विकास तथा जग्गा व्यवस्थापनमा पनि स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भोलिदेखि १३ गतेसम्म महायज्ञ आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले जानकारी दिए। यो देवस्थलको विकास तथा प्रवर्द्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक  पर्यटक आकर्षित गर्न  टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । 

गुरुयोजना निर्माण गरेर गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ तिलाहारमा रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङ्ग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको विकासका निम्ति का गरिरहेको उनले दोहोर्‍याए । 

“सन्तानेश्वर महादेव मन्दिर संरक्षणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तदनुरूप काम भइरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । 

गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर तिनलाई आर्थिक पक्षसँग जोड्ने  हाम्रो लक्ष्य छ”, अध्यक्ष राईले भने । वडा कार्यालयले पनि यो स्थानको विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताए ।

प्रतिक्रिया दिनुहोस