२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको सरुवालाई व्यवस्थित र सर्वस्वीकार्य बनाइने छ -सामान्य सचिव निरौला

अ+ अ-

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले कर्मचारीको सरुवालाई व्यवस्थित गरिने बताएका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सचिव निरौलाले नियमित प्रक्रियाका रूपमा रहेको सरुवालाई थप व्यवस्थित र सर्वस्वीकार्य बनाउने बताएका हुन् ।

कर्मचारीको सरुवा प्रणाली निकै चुनौतीपूर्ण रहेको भन्दै उनले एउटा मात्रै गरेर सकिने नभई सकिन नपाउँदै अर्को शुरु भई हाल्ने भएकोले कानुनसम्मत रूपमा आपसी समन्वयमा काम गर्ने बताएका छन् । मन्त्रीको निर्देशन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतको समन्वयमा सर्वस्वीकारोक्तीमा सरुवा गरिने सामान्य सचिव निरौलाको भनाई छ ।

संघीय निजामती सेवा ऐन नबन्दा प्रदेश र स्थानीय तहको कार्य सम्पादनमा अवरोध भएको बताउँदै तत्काल जारी गर्नु पर्ने अपरिहार्यता भएको सचिव निरौलाले बताएका छन् । प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउने विश्वास व्यक्त गरेका सचिव निरौलाले मन्त्रालयको तर्फबाट सबै प्रक्रिया पुरा गरिसकेको र थप आवश्यक समन्वयका लागि तयार रहेको समेत बताएका छन् ।

पछिल्लो समय कर्मचारी सरुवा निकै विवादित र आलोचित हुँदै आएको छ । अनेक थरी इन्ट्रेष्टमा गरिने सरुवाबाट सीमित कर्मचारीहरूले लाभ लिई रहने र अन्य कर्मचारीहरू पीडित भई रहने गुनासो वास्तविकता जस्तै बन्दै आएको छ ।

पछिल्लो समय नवनियुक्त मन्त्री भानुभक्त जोशीले बिना आग्रह-पूर्वाग्रह न्यायोचित तवरले नियमसम्मत रूपमा मात्रै कर्मचारीको सरुवा गरिने बताउँदै आएका छन् । जायज सुझाव मात्रै दिन कर्मचारीलाई सुझाउँदै आएका मन्त्री जोशी कुनै पनि खालको विवाद र आलोचनाबाट मुक्त रहनुपर्ने बताउँदै आएका छन् ।

सरल र इमान्दार छविका मन्त्री जोशी ‘चलखेल ग्रुप’हरुको छायाबाट मुक्त रहन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस