काठमाडौँ । अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले विनाअक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण १ को सफल आरोहण गरेकी छन् ।
पेपरले गाइडद्वय मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ः०७ मिनेटमा अन्नपूर्ण १ हिमालको चुचुरोमा पाइला टेकेको जानकारी दिइन् ।
दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी उनले अन्नपूर्ण १ अघि २ वटा आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण गरेकी थिइन् । उनले अब कञ्चनजङ्घा हिमाल आरोहण गर्ने योजना रहेको बताइन् ।