२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता दुरुपयोग गरी १६ बैंकमा खाता, श्रीमान् श्रीमती मिलेर सामाजिक सञ्जालबाट लाखौँ ठगी

अ+ अ-

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी सामाजिक सञ्जालबाट लाखौँको ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ह्वाट्सएप, फेसबुक र इनस्टाग्राम जस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा-९ की वर्ष ३८ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, झापा बुद्धशान्ति-२ घर भई काठमाडौँको कागेश्वरी मनोहरा बस्दै आएका वर्ष ३५ को निश्चल पोर्तेल र इलाम माई-५ घर भई काठमाडौँको कागेश्वरी मनोहरा बस्ने वर्ष ३४ को धन बहादुर वि.क. रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूले नागरिकता दुरुपयोग गरी १६ वटा बैंकमा खाता खोली ६० लाख रुपैयाँसम्म ठगी गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताए । उनीहरूले सामाजिक सञ्जालहरूबाट सम्पर्क गरी तपाईँको नाममा पार्सल, डलर लगायतका बहुमूल्य सामानहरू आएको छ, उक्त सामान प्राप्त गर्नको लागि तपाईँले भन्सार चार्ज तिर्नु पर्ने हुन्छ भन्दै उक्त भन्सार चार्ज नेपालका विभिन्न बैंकहरूको खातामा जम्मा गर्नु भनी विभिन्न किसिमका आश्वासन देखाई पटक-पटक रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेका थिए । 

कार्यालयबाट खटिएको विशेष टोलीले काठमाडौँको पेप्सीकोला र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता फेला पारी उक्त नागरिकतामा आफ्नो फोटो टाँस गरी सोही नागरिकता दुरुपयोग गरी विभिन्न १६ वटा बैंकमा खाता खोली कारोबार गर्ने गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

सन्जुले रश्मिको मात्र नभई अन्य व्यक्तिहरूको समेत नागरिकता दुरुपयोग गरेको देखिएको छ । उनले विगत २ वर्षदेखि उक्त ठगी कार्य गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले विभिन्न नेपाली नम्बरहरूबाट ह्वाटस्एप एकाउन्ट खोली पीडितहरूसँग सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत भनी बताउने गरेको प्रहरीले जनाएको छ । 

सन्जु पौडेलीका श्रीमान् निश्चल पोर्तेलले निशांत शर्माको नाममा भारतीय आधार कार्ड समेत लिएको पाइएको छ । उनीहरूले ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको निवेदन प्रहरीमा परेको छ ।

अभियुक्तहरूको साथबाट विभिन्न व्यक्तिहरूको नागरिकता-६ थान, प्रयोग भएका एनसेलको सिम कार्ड-१४ थान, प्रयोग नभएका एनसेलको सिम कार्ड-१२ थान, प्रयोग भएको भारतीय सिम कार्ड-१ थान बरामद भएको छ । यसै गरी विभिन्न बैंकको एटिएम-८ थान, विभिन्न बैंकको चेक बुक-११ थान, विभिन्न बैंक तथा सहकारीमा डिपोजिट गरेको सिलिप-१८ थान, मोबाइल-०६ थान, पहेँलो धातुले बनेको विभिन्न गहनाहरू पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस