२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनमा संशोधन आवश्यक : उपप्रमुख डङ्गोल  

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताएकी छिन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को समुद्घाटन कार्यक्रममा डङ्गोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्‍याउनुपर्ने तथा कानूनी रुपमा ऐन समय सान्दर्भिक बनाउनुपर्ने बताएकी हुन् । 

सरकारले युएनको ग्लोबल रोड सेफ्टीमा २०३० सम्ममा ५० प्रतिशत सवारी दुर्घटना कम गर्ने भनेर गरेको प्रतिबद्धता स्मरण गराउँदै डङ्गोलले सडक दुर्घटना घट्नुको साटो तथ्याङ्कमा बढेको उल्लेख गर्दै प्रतिबद्धता कार्यान्वयनको पक्ष बलियो बताउनुपर्ने बताइन् । 

उनले भनिन्, ‘नीतिगत रुपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौँ । यो ऐन हामीले अब संशोधन गर्नुपर्छ । अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन ।’

ऐन बनेको तीस वर्षमा सडकमा सवारी साधनको संख्या ठूलो संख्यामा बढेकाले पनि समयअनुसार अघि बढ्दै ऐनमा पुर्नविचार गर्नुपर्ने धारणा उनको छ । गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा २३ सय ७६ जनाले ज्यान गुमाएको विवरण उल्लेख गर्दै उनले सडकमा चालकले नियम विरुद्ध ओभरटेक गरेर जाने प्रवृतिको अन्त्य गर्नुपर्ने बताइन । ट्राफिक व्यवस्थापनमा हुने कमीकमजोरीलाई सुधार गर्दै ट्राफिक प्रहरी अझ जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् । 

प्रतिक्रिया दिनुहोस