कतारविरूद्ध कप्तान रोहित पौडेल आउट « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

 कतारविरूद्ध कप्तान रोहित पौडेल आउट


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत कतारविरूद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो।

पौडैल कतारका हिमांशु राथोडको बलमा मोहम्मद तनवीरबाट क्याच आउट भएका हुन्। आउट हुनुअघि उनले १७ बलमा ३ चौका प्रहार गरी १८ रनको योगदान गरे।

पौडेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्। नेपालले २.४ ओभरमा पहिलो विकेटमा ओपनर कुशल भूर्तेललाई गुमाएको थियो।

भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भएका थिए। आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए। ८ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर ६७ रन बनाएर खेलिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस