२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्षको पहिलो दिन ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ हुने

अ+ अ-

पोखरा । कास्कीको गाउँपालिकामा ग्रामीण पर्यापर्यटन प्रवर्द्धन गर्न हेतु पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन आयोजना हुने भएको छ ।

‘सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नारा सहित पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने उक्त सम्मेलन वैशाख १ गते नयाँ वर्ष पारेर आयोजना गर्न लागिएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ । 

शान्त पर्यापर्यटन र जंगल परिभ्रमको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवर्द्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रूपमा कार्यक्रमलाई अगाडि बढाइको र सम्मेलनको सबै तयारी पूरा भएको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार कार्यक्रममा वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरी उद्घाटन गरिने र वैशाख २ गते विशेष सत्र प्रस्तुतिका रूपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ । 

कार्यक्रम अन्तर्गत तेस्रो दिन भने योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरी जंगलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरिने पौडेलले बताए ।

खुला सत्रको सन्देश दिनेगरि सञ्चालन गरिने सम्मेलनमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्त बहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. राम्जी शर्मा, पर्यटन विज्ञ डम्बर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र बुद्धिजीवी डा. अमर नागिला लगायतले आफ्नो वक्तव्य प्रस्तुत गर्नेछन् । 

सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमै फरक सन्देश दिने तथा आगामी सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आवधिक रूपमा सम्मेलन सञ्चालन गर्दै लैजाने आयोजकको योजना छ । ईको टुरिजम प्रालिले ग्रामीण पर्यापर्यटन प्रवर्द्धनका लागि पञ्चासे सांस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरी वार्षिक तीन वटा ईभेन्ट सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस