२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती ऐन छिट्टै आउँछ :  सामान्य प्रशासन मन्त्री जोशी 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् ।

मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटपछि बुधबार बोल्दै मन्त्री जोशीले आफू संघीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नसमेत उक्त ऐन आउनुपर्ने पक्षमा रहेको बताए ।

‘यो ऐन कार्यान्वयनमा जाँदा ठूलो उपलब्धि हुन्छ’, उनले भने, ‘यसले देशभरका कर्मचारीहरूको व्यवस्थापन सहज हुनेछ ।’

उनले स्थानीय र प्रदेश तहको समेत कर्मचारी समायोजनलगायतका कार्यहरू गरिने बताए ।

मन्त्री जोशीले आफू कर्मचारी व्यवस्थापनका लागि आवश्यक नीति नियम बनाउने काममा खटिएको बताउँदै अहिले सुशासन कायम गर्दै संघीयतालाई दिगो बनाउन आवश्यक रहेको र त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस