२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा किवी खेती बिस्तार हुँदै

अ+ अ-

डोटी । डोटी जिल्लामा पछिल्लो समयमा किवी खेती बिस्तार हुँदै गएको छ । व्यावसायिक खेतीका रूपमा यहाँका किसानहरूले किवी खेतीलाई पनि रोज्न थालेका छन् ।

पहिले जिल्लाका केही स्थानहरूमा मात्र सामान्य रूपमा किवी खेती गरिने भए पनि पछिल्लो समयमा धेरै स्थानहरूमा व्यवसायी रूपमा किवी खेती गरेको पाइन्छ ।

जिल्लाको आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा केही कृषकहरूले ब्यवसायीक रूपमा किवी खेतीको सुरुवात गरेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताएका छन् ।

डोटीको बडीकेदार गाउँपालिकामा वडा नम्बर ४ पुन्तडाका किसान धन बहादुर जेठराले करिब ४०-५० रोपनीमा व्यवसायी रूपमा किवी खेती गर्दै आइरहेका छन् ।

किवी खेतीको महत्त्व बारे जानकारी पाइसकेपछि किवी खेतीको सुरुवात गरेको कृषक जेठरा बताउँछन् । उनी भन्छन् मैले व्यवसायी रूपमा किवी खेतीको सुरुवात गरेको छु ढिला सुरुवात गरेको महसुस भइरहेको छ ।

आज भन्दा ८,१० वर्ष पहिले सुरुवात गर्न सकेको भए अहिले बिक्री गर्ने समय हुन्थ्यो । उनी मात्र होइनन् बडीकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडाका लक्ष्मण ताडिले पनि करिब १० रोपनीमा किवी खेतीको सुरुवात गरेका छन् ।

आफै कृर्षि प्राविधिक पढेर विभिन्न गैरसरकारी सङ्घ संस्थामा काम गरिसकेका हाल बडीकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका पदम सिंह बोहराले पनि करिब ४०,५० रोपनीमा किवी खेतीको सुरुवात गरेका छन् ।

उनी भन्छन्, ‘हाम्रो देश कृर्षि प्रधान देश हो हाम्रो पालिकामा सबै प्रकारका कृषिको उच्च सम्भावना रहेको छ, हामी जोकोहीले कृर्षि गर्नु भन्दा अरू विकल्प छैन ।’ हामी जोकोहीले कृर्षि पेसालाई व्यवसायी रूपमा अँगाल्न सक्यौ भने आर्थिक स्थितिमा निकै फड्को मार्न सकिने समेत वडा अध्यक्ष बोहरा बताउँछन् ।

व्यवसायी रूपमा कृर्षि गर्ने किसानहरूलाई सहयोगको अभाव नभएको कृर्षि ज्ञान केन्द्रले विभिन्न तवरले सहयोग गर्ने गरेको समेत वडा अध्यक्ष बोहराले बताए ।

बडीकेदार गाउँपालिका वडा नम्बर ५ का पदम सिंह मल्लले पनि किवी खेतीको सुरुवात गरेका छन् । जिल्लामा सबै भन्दा पहिले ४,५ बोटबाट सुरुवात गर्ने व्यक्ति नै मल्ल रहेको ज्ञान केन्द्रले जनाएको छ । हाल मल्लले करिब १०,१२ रोपनीमा किवी खेतीको सुरुवात गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ गैरामा पनि भास्कर भट्टले ब्यववसायीक रूपमा करिब ३० , ४० रोपनीमा किवी खेतीको सुरुवात गरेका छन् । लामो समय देखी कृर्षि पेसामा आबद्ध मल्लले किवीको राम्रो सम्भावना देखे पनि किवी खेतीको सुरुवात गरेको बताए । त्यस्तै जोरायल गाउँपालिका ३ का पदम सिंह मल्लले पनि ६ रोपनी किवी खेतीको सुरुवात गरेका छन् ।

त्यस्तै आदर्श गाउँपालिकामा पनि करिब ५,६ रोपनीमा किवी खेती गरिँदै आएको ज्ञान केन्द्रले जनाएको छ ।

व्यवसायी रूपमा कम्तीमा एक सय बोट भन्दा बढी किवी खेती गर्ने किसानहरूका लागि यस वर्ष कृर्षि ज्ञान केन्द्र डोटीले फलफूल बगैँचा स्थापना र हिउँदे फलफूल बिस्तार कार्यक्रम अन्तरगत किसानहरूलाई करिब २ हजार पाँच सय किवीका बोटहरू र करिब २ हजार पाँच सय सिमेन्टका पोलहरू र सिचाई पाइपहरू अनुदान सहयोग गरेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए ।

किवी फल कम परिश्रममा उत्पादन गर्न सकिने, महँगोमा बिक्री हुन भएकोले पनि यस खेतीमा धेरैको आकर्षण बढ्न थालेको पाइन्छ । पछिल्लो समय डोटीमा करिब २ सय ५० रोपनी भन्दा बढीमा किवी खेती गरिएको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए । उनले भने यो तथ्याङ्क एक सय बोट भन्दा माथि लगाउने किसानहरूको मात्र हो । सामान्य तथा १०, १५, २०, ३० बोट लगाउने कृषकहरू धेरै रहेको समेत बताए ।

व्यवसायी रूपमा किवी खेती गरिरहेका किसानहरूलाई ज्ञान केन्द्रले आवश्यक प्राविधिक ज्ञान र बजारीकरणमा समेत सहयोग गर्ने बताए । उनले भने, ‘किवी खेतीको लागि बजारीकरणको समस्या छैन उत्पादन गर्नु मात्र ठुलो कुरा हो बजारीकरणमा सहयोग गर्छौँ।’

डोटी जिल्ला कृर्षि क्षेत्रको लागि उच्च सम्भावित जिल्ला भएकोले कृर्षि ज्ञान केन्द्र डोटीले पछिल्लो समयमा डोटी जिल्लाको कृर्षि क्षेत्रको विकास बिस्तार र प्रवर्द्धनमा चासो दिनुका साथै नयाँ नयाँ प्रविधि र सम्भावनाहरूको खोजी कार्यमा सहयोग गरिरहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस