काठमाडौँ । कर्णाली प्रदेश अस्पतालका तीन सातादेखि बन्द भएको दुई वटा विभाग खुलेका छन्।
यसअघि विभागमा कार्यरत डाक्टरहरू सरुवा भएर गएपछि विभाग बन्द भएका थिए।
उनीहरूको सरुवा भएर जानेबेलासम्म पनि केन्द्रबाट खटाइएको विशेषज्ञ डा. नआएकाले केही दिन विभाग नै बन्द गर्नुपरेको प्रदेश अस्पताल स्रोतले जानकारी दिएको छ ।
विभागमा तीन वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरू सरुवा भएर गएपछि मुटुरोग विभाग तीन हप्ता बन्द भएको थियो।
न्यूरोसर्जरी विभाग भने एक हप्ता मात्र बन्द गर्नुपरेको बताइएको छ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरहरू अस्पताल आएकाले दुवै विभागका सेवा पुनः सुरु गरिएको अस्पतालले mजनाएको छ ।
अहिले न्युरोसर्जन विभागमा डा. ओमविक्रम शाह र मुटुरोग विभागमा डा. सुतप यादव आएका छन्।