२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारका सवारी व्यवस्थापन गर्न असईको कमाण्डमा ट्राफिक युनिट 

अ+ अ-

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्रका सवारी साधनहरू व्यवस्थित गर्न ट्राफिक प्रहरीको पोष्ट खडा गरिएको छ । अति विशिष्ट, विशिष्ट, कर्मचारी तथा आगन्तुकलगायतको आवागमनलाई सहज बनाउन प्रहरी सहायक निरीक्षक(असई)को नेतृत्वमा पाँच जना ट्राफिक प्रहरी तैनाथ गरिएको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार अहिले सिंहदरवारमा दैनिक सात हजार बढी व्यक्तिहरूको आवागमन हुने गरेको छ । यहाँ आउने अधिकांश व्यक्तिहरूले आफ्नै सवारी साधन प्रयोग गर्ने भएकोले पनि सवारी पार्किङमा ठूलो समस्या उत्पन्न हुने गरेको छ । 

कतिपय स्थानमा खाली ठाउँ नै भए पनि सबैलाई मन्त्रालय अगाडी नै पार्किङ गर्नु पर्ने र सीमित ठाउँमा मन्त्री–सचिवका सवारी राखिएसँगै आगन्तुक तथा अन्य कर्मचारीहरूले सडक पेटीमै पार्किङ गर्ने चलन बढेसँगै सुरक्षा संवेदनशिलतालाईसमेत मध्यनजर गरी डेटिकेटेट ट्राफिक प्रहरीको पोष्ट राखिएको हो । 

यससँगै यहाँको अस्तव्यस्तता सवारी आवागमन तथा पार्किङ व्यवस्थित हुने विश्वास गृह मन्त्रालयको छ । पछिल्लो समय मन्त्रालयले आन्तरिकदेखि बाह्य व्यवस्थापनसम्मलाई बिस्तारै लयमा ल्याउँदै छ । 

सिंहदरवारमा पार्किङको समस्या नयाँ भने होइन । न त आवागमन नै अहिले मात्रै बढेको हो । विगतदेखि नै सवारी चापसँगै पार्किङको समस्या रहँदै आएको भए पनि कसैले नेतृत्व नलिँदा उपलब्ध खाली ठाउँहरूको समेत सदुपयोग गर्न सकिएको छैन । 

संघीय राजधानीमा अवस्थित देशकै प्रमुख प्रशासनिक केन्द्रमा स्थायी सवारी पार्किङको आवश्यक जहिल्यै रड्किरहँदा शासक तथा प्रशासकहरू दीर्घकालीन समस्याको समाधानका लागि चाँसो लिएको देखिँदैन । विशेष गरी मन्त्री, सचिव तथा सहसचिवसम्मका लागि मन्त्रालय अगाडी पछाडि नै पार्किङ भई हाल्ने अरूका लागि जता जे गरे पनि भैगो भन्ने मानसिकताले काम गर्दा सदियौं देखि सिंहदरवारले सवारी अस्तव्यस्तता व्यहोर्दै आएको छ । 

डेटिकेटेट ट्राफिक नै खटाएपछि केही सहज हुने भए पनि यही नै दीर्घकालीन समस्या भने होइन । साथै यहाँ आउने अधिकांश व्यक्ति शक्ति र पहुँचवाला नै रहेकोले पनि ट्राफिक प्रहरीलाईसमेत कडाइका साथ कारबाही गर्न असहज हुनेछ । 

सम्बन्धित समाचार : सिंहदरवारमा सवारी व्यवस्थापन : ‘ठूलाबडा’ नै मिच्छन् ट्राफिक नियम ! 
सम्बन्धित समाचार : सिंहदरवारमै ‘नो पार्किङ’को बेवास्ता, ट्राफिक प्रहरीलाई ‘जागिर खाइदिने’ धम्की
सम्बन्धित समाचार : ट्राफिक प्रहरीलाई लज्जाबोध नगराऊ

सिंहदरबारको सरसफाइ तथा सवारी व्यवस्थापनबारे प्रशासन डटकमले लामो अवधिदेखि आवाज उठाउँदै आए पनि केही दिन व्यवस्थापन गरेजस्तो गर्ने पुनः पुरानै अवस्थामा फर्किने नियतिले सदियौँदेखि जहाँको त्यही छ । 

यसर्थ तत्कालको व्यवस्थापनसँगै दीर्घकालीन समस्या समाधानका लागि पहलकदमी लिन ढिलाइ गरिनु हुँदैन । 

प्रतिक्रिया दिनुहोस