२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम शक्ति एकीकरण सुरु भइसक्यो : झलनाथ खनाल

अ+ अ-

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिस्टहरू एक ढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ को आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताएका हुन्।

आज गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । “अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ”, उनले भने, “आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिष्ट एक भएर जान्छन् ।”

पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताएका छन् । त्यही अनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ । “एकता भन्ने कुरा जहिले पनि सम्भव छ । अझ वाम एकता हुन त ढिला भइसक्यो । विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन”, उनले भने, “तर अब टाउका मिल्ने होइन विचार मिल्नेबीच एकता हुनुपर्छ ।” पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ । “पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ”, नेता खनालले भने ।

सम्मानित नेता खनालले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउँदै यतिबेला मुलुक ठूलो सङ्कटमा रहेको बताए । “आर्थिक तरलता, राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र युवा पलायनका कारण देश सङ्कटमा परेको छ”, उनले भने, “आम नागरिक निराश भएका बेला बनेको नयाँ समीकरणका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्छ ।”

खनाल इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम पुगेका हुन् । वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ । माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ । खनालले केन्द्रमा गठबन्धन भए पनि जिल्लाको उपनिर्वाचनमा एमालेसहित अन्य दलसँग आफ्नो पार्टीले स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिए । नेता खनालले ठूलो वाम शक्तिले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्न खोजे पनि सत्ता साझेदार ठूलो दल एमालेले एक्लै चुनाव लड्ने भनेपछि आफूले विश्राम लिएको बताए छ । 

प्रतिक्रिया दिनुहोस