१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

अ+ अ-

काठमाडौँ । विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका डा. डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ ।

 यसअघि विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

 कीर्तिमान प्रदान गर्ने विभिन्न संघ-संस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षा मन्त्री उप्रेतीले उपाध्यायलाई हस्तान्तरण गरेका हुन् । योसँगै आफूले बनाएका कीर्तिमानको संख्या १५३ पुगेको उपाध्यायले बताए । 

कार्यक्रममा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले १५३ रेकर्डको मेडल पनि प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई ‘द विट्रिस रेकर्ड अनर’ सर्टिफिकेट प्रदान गरिएको थियो ।

उपाध्यायले विश्वको सर्वाधिक उचाइमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमेत बनाएका छन् । उक्त रेकर्ड कायम गरेको प्रमाण पत्र यही महिना राष्ट्रपति रामचन्द्र पौडेलबाट हस्तान्तरण गराइएको थियो ।

उपाध्यायले एकैदिन सबैभन्दा बढी लेख लेखेर पनि आफूले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको बताए । सबैभन्दा धेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको उनको भनाइ छ । 

डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए । 

डा.उपाध्यायका ३६ बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सय बढी गीतका भिडियो सार्वजनिक छन् ।

प्रतिक्रिया दिनुहोस