२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएल : मुम्बई र राजस्थान २९ औँ पटक भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दै छन् । यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ ।

पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।

यसअघि आईपीएलमा एमआई र आरआरबीच २८ खेल भएको छ । मुम्बईले १५ र राजस्थानले १२ खेलमा जितेको छ । एक खेलमा भने नतिजा निस्किएन । दुई टोलीबीचको अन्तिम खेल गत वर्ष मुम्बईमा भएको थियो । जसमा मुम्बई ६ विकेटले विजयी भएको थियो ।

दुई टोलीबीच वानखेडे स्टेडियममा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ ।

पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सको ब्याटिङ र बलिङ दुवै असफल भयो । यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाए । उनले २ खेलमा ८९ रन बनाएका छन् । बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक ३ विकेट लिएका छन् ।

सुरुका दुई खेलका आधारमा राजस्थान रोयल्स ठीक फर्ममा छ । ब्याट्सम्यानदेखि बलरसम्म सबै जना फर्ममा देखिएका छन् ।

यो सिजनमा आरआरका युवा शीर्ष क्रमका ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका छन् । जबकि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिएका छन् ।

वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ । उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन् । यो विकेटमा पेसर्सले पनि सहयोग पाउँछन् । विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स हुने गरेको छ ।

हालसम्म वानखडेमा १०९ वटा आईपीएल खेलहरू खेलिएका छन् । 

दुवै टोलीको सम्भावित प्लेइङ-११

मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), नमन धीर, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, शाम्स मुल्लाने/कुमार कार्तिकेय, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह । इमप्याक्ट प्लेयर : नुवान तुषारा, आकाश मधवाल, नेहल वढेरा।

राजस्थान रोयल्स : सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र आवेश खान। 

इमप्याक्ट प्लेयर : नान्द्रे बर्गर ।

प्रतिक्रिया दिनुहोस