बझाङमा माओवादीले जनक बुढालाई उम्मेदवार बनाउने « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

बझाङमा माओवादीले जनक बुढालाई उम्मेदवार बनाउने


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउने सिफारिस गरेको छ ।

सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।

बझाङमा नेकपा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले १० जनाको नाम सिफारिस गरे पनि केन्द्रीय समितिले निर्णय गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस