काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १७ जनाको दर्खास्त स्वीकृत भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार दर्खास्त स्वीकृत भएका १७ जनाको चैत २७ देखि २९ गतेसम्म प्रस्तुतीकरण हुने भएको छ । प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ ।
