आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ। नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहो छ । विभागका अनुसार देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति  देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस