बागमती प्रदेश सभा बैठक चैत १९ मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेश सभा बैठक चैत १९ मा


१७ चैत्र २०८०, शनिबार


मनहरी (मकवानपुर) । बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए । 

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए।  प्रदेशसभाको बैठक बस्नु पूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् । 

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ । एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७(उपसभामुखसहित), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात र  हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली काँग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३(सभामुखसहित)र नेमकिपाको तीन सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस