२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित 

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो । 

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो ।

पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए ।

यशस्वी जयसवाल ५ रन बनाएर पहिलो विकेटको रूपमा आउट भएका थिए । ५.२ ओभरमा ३० रन बनाएका बेला कप्तान सन्जु सामसन १५ रन बनाएर आउट भए । लगत्तै जोस बटलर पनि व्यक्तिगत ११ रन जोडेर आउट हुँदा राजस्थानले ७.२ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो । त्यसपछि रियान पराग र रविचन्द्रन आश्विन मिलेर अघि बढाए । यी दुईले ३७ बलमा  ५४ रनको पारि खेले । आश्विन १९ बलमा २९ रन बनाएर चौथो विकेटको रूपमा आउट भए । 

त्यसपछि रियान र ध्रुव जुरेलले २३ बलमा ५२ रनको साझेदारी गरेपछि राजस्थान पनि ठूलो स्कोरतर्फ अघि बढेको थियो । जुरेल १२ बलमा २० रन जोडेर आउट भएका थिए । अन्तिम १६ बलमा रयान पराग र सिमरोन हटमायर नटआउट ४३ रनको साझेदारी गरे । ७ बलको सामना गरेका हटमायरले नटआउट १४ रनको जोड्दा परागको नटआउट ८४ रनको अर्धशतकीय पारि नै राजस्थानका लागि ठूलो राहत बन्न पुगेको थियो । रियानले ४५ बलमा छ छक्का र सात चौका प्रहार गरे । 

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले समान एक ÷एक विकेट लिए ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्ली क्यापिटल्सले सुरुआत मध्यम गरेको थियो । डेभिड वार्नर र मिचेल मार्सले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे । मिचेल मार्स १२ बलमा २३ रन बनाएर आउट भएका थिए । उनले पाँच चौका प्रहार गरे । लगत्तै रिकी भुईँ खाता नै नखोली आउट भए । त्यसपछि वार्नर र कप्तान रिसव पन्तले पारि अघि बढाए । यी दुई खेलाडीले ४६ बलमा ६७ रनको साझेदारी गरेका थिए । पन्त २० बलमा २४ रन बनाएर आउट भए । 

वार्नर ३४ बलमा ४९ रनको पारि खेल्दै आउट भए । उनी तेस्रो विकेटको रूपमा आउट हुँदा दिल्लीले ११.२ ओभरमा ९७ रन बनाएको थियो । चौथो विकेटको रूपमा कप्तान ऋषभ पन्त आउट भएका थिए । ऋषभले २६ बलमा २८ रन बनाएका थिए । अभिषेक पोरेल ९ रन बनाएर आउट हुँदा दिल्लीले १५.३ ओभरमा १२२ रन बनाएको थियो । एक छेउमा ट्रिस्टन स्टब्सले अन्तिमसम्म प्रयास गरे पनि सफल भएनन् । 

उनी र अक्षर पटेलले अन्तिम २७ बलमा ५१ रनको साझेदारी गरे पनि दिल्ली १२ रनले पराजित भयो । स्टिब्सले २३ बलमा ४४ रन जोड्दा अक्षरले १३ बलमा नटआउट १५ रन बनाए  । राजस्थानका नान्द्रे ब्रुगर र युजवेन्द्र चहलले समान दुई/दुई विकेट लिँदा आभेष खानले एक विकेट हात पारे । जारी सिजनमा दिल्लीको लगातार दोस्रो हार हो भने राजस्थानले लगातार दोस्रो जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस