१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता, एक वर्षमा ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या  

अ+ अ-

काठमाडौँ । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए । उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए । 

उपत्यकापछि मधेश,कोशी र लुम्बिनीमा क्रमशः धेरै अपराधका मुद्दा दर्ता भएका छन् । यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा दर्ता भएको छ । दोस्रोमा सार्वजनिक हित स्वास्थ्य विपरितका अपराध र तेस्रोमा आत्महत्या, चौथोमा लागु औषध,चोरी,जवर्रजस्ती करणी,ज्यान मार्ने उद्योग,कर्तव्य ज्यान मुद्दा,साइवर अपराध,अपहरण,हत्यालगायतका घटनाहरू धेरै भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३.२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ । नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गैरहेको प्रहरी तथ्याङ्कले देखाएको छ । एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन् । 

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको ढकालले बताए । ‘कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१.२७ प्रतिशत घटना भएको छ भने सबभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ । अन्यमा मधेशमा पनि आत्महत्या गर्नेको संख्या धेरै छ, लुम्बिनी,बागमती,गण्डकी पनि छ । आत्महत्या संख्या सबैतिर बढिरहेको छ,’ प्रवक्ता ढकालले भने । 

आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुण्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको,पानीमा हाम फालेर मृत्यु वरण गरेको विवरण प्रहरी तथ्याङ्कमा उल्लेख छन् ।  

प्रतिक्रिया दिनुहोस