२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका ४ हजार चार सय विद्यार्थी एसइईमा सहभागी

अ+ अ-

गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् । 

आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट  चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या चार सय ३७ ले घटेको छ । 

तीन वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको सङ्ख्या बर्सेनि घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार २०७८ सालमा चार हजार आठ सय ९३ जना एसइई परीक्षामा सहभागी भएका थिए ।  विसं २०७९ मा चार हजार आठ सय  ३६ विद्यार्थी सहभागी भएका थिए । बर्सेनि परीक्षार्थीको सङ्ख्या घट्दै गएको र आगामी वर्ष चार हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद सुवेदीलेले बताए । 

घट्दो जनसङ्ख्या, वैदेशिक रोजगारी र परिवार नै विदेश बस्नाले बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए । “विद्यार्थीको सङ्ख्या घट्दो पाएका छौँ, आगामी वर्षको दर्ता फाराम विश्लेषण गर्दा विद्यार्थी घट्ने स्पष्ट भएको छ,”, उनले भने । 

बागलुङमा यस वर्ष एसइई परीक्षामा चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् भने सोमध्ये तीन जना दृष्टिविहीन, १० जना संस्कृत विद्यालयका र दुई सय २९ प्राविधिक विषय, ३४ खुलातर्फका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ । 

जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष चार सय ८९ सहायक केन्द्राध्यक्ष, निरीक्षक एक हजार नौ सय २८, परीक्षा सहायक पाँच सय २३, कार्यालय सहायक आठ सय ६७ जना र चार सय ६५ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । 

प्रतिक्रिया दिनुहोस