बेपत्ता बालकको खोजी गर्न सेतीको बाँध खोलिने, सचेत रहन आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बेपत्ता बालकको खोजी गर्न सेतीको बाँध खोलिने, सचेत रहन आग्रह


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । पोखरामा सेती नदीमा हाम फालेर बेपत्ता भएका बालकको खोजी गर्न बिहीबार फेरि सेती नदीको बाँध खोलिने भएको छ ।

फागुन १८ गते पोखरा-११ का १५ वर्षीय सुगम बास्तोला नदीपुरको पुरानो पुलबाट हाम फालेर बेपत्ता भएपछि बिहीबार बाँध खोलेर खोजी गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सिसिटिभी फुटेजमा सुगमे सेतीमा हाम फालेको देखिएको छ । यसअघि फागुन २२ गते पनि सेतीको बाँध खोलेर उनको खोजी गरिएको थियो ।

आफन्तले सेतीको बाँध खोलेर बढाएर फेरि एक पटक खोजी गर्न परिवारले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा-१ को बाँध खोल्दा दिउँसो १ बजेदेखि नदीमा पानीको वाहव बढ्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस