अब कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोन पे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस-बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले ‘हाना क्यू ’, ‘केबी वालेट’, ‘आईएम बैंक’, ‘टस’, ‘हान मनी’ र ‘जिएलएन’ एप जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा ‘रियलटाइम पेमेन्ट क्युआर’ भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

नेपाल र कोरिया बीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस