२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक सहयोगको प्रतीक्षामा झापाका पाँच सय हात्तीपीडित

अ+ अ-

बनियानी (झापा) ।  झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका पाँच सय ३३ परिवारले राहत नपाएका हुन् । पाँच जना मृतक परिवारसहित पाँच सय ३३ घरपरिवारका लागि रु एक रोड २६ लाख ४९ हजार तीन सय ९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन् । 

कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ परिवारका लागि राहत रकम माग गरेको उनले बताइन्।  हालसम्म राहत रकम प्राप्त भएको छैन । ‘राहत रकमका विषयमा फोन आइरहन्छ’, उनले भनिन्,’पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।’

गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि रु ६८ लाख २० हजार चार सय ५२ माग गरिएको थियो । राहत माग गरिएकामा पाँच जना मृतकको रु ५० लाख, सात जना घाइतेका लागि रु आठ लाख ५१ हजार आठ सय ९२, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि रु २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ८९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस