१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजेरियामा १३७ जना विद्यार्थी र कर्मचारी १८ दिनपछि अपहरणमुक्त

अ+ अ-

काठमाडौँ । नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए ।

आज बिहान जामफाराबाट एक सय ३७ जनालाई सेनाले अपहरणकारीबाट मुक्त गर्न सफल भएको नाइजेरियाका सैन्य प्रवक्ता मेजर जनरल एडवर्ड बुबा बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

उनीहरुलाई जंगलबाट मुक्त गराएको र परिवारलाई बुझाउनुअघि स्वास्थ्य परीक्षण गरिने सेनाको भनाई छ । छुट्न बाँकीको बारेमा सरकारले आधिकारिक रुपमा केही बोलेको छैन ।

नाइजेरियामा फिरौतीका लागि अपहरण गर्ने घटना सामान्य हुँदै गएका छन् । एक दशकअघि आतंकवादी संगठन बोको हरामले दुई सय ७६ जना छात्रालाई अपहरण गरेको थियो, केही छात्रा अहिले पनि रिहा भएका छैनन् ।

यसअघि सन् २०२१ मा पनि एक सय ५० जना विद्यार्थी अपहरणमा परेका थिए । यस पटक पनि अपहरणकारीले सरकारसँग छ लाख ९० हजार अमेरिकी डलर अर्थात् एक अर्बभन्दा धेरै नाइजेरियाली मुद्रा अर्थात नाइराको माग गरेका थिए । सरकारले फिरौती दिन अस्वीकार गर्दै खोजी अभियान चलाएको थियो । नाइजेरियामा अपहरणका घटना दैनिकजसो हुने गरेका छन् । आफ्ना प्रियजनहरूको रिहाईका लागि त्यहाँका नागरिकहरु जग्गा, गाईवस्तु र अन्न बेच्न बाध्य हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस