चराको बथानका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चराको बथानका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथान आएपछि उडान-अवतरण प्रभावित बनेको छ । वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द भएको हो ।

आज यती एयरलाइन्सको काठमाडौँ-पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ उडानपछि काठमाडौँ अवतरण गरेको थियो भने यतीकै पोखरा-काठमाडौँ रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको थियो ।

बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् । चराको गतिविधिका कारण आज बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस