नेपाल थामी महिला समाजको अध्यक्षमा नानु थामी निर्वाचित  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल थामी महिला समाजको अध्यक्षमा नानु थामी निर्वाचित 


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल थामी महिला समाजको चौथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट नेपाल थामी महिला समाजको अध्यक्षमा नानु थामी निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा संस्थाको अध्यक्ष गोमा थामीको सभापतित्व तथा आदिवासी जनजाति महिला महासंघका महासचिव सोभा सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न चौथो केन्द्रीय साधारण सभाले नानु थामीको नेतृत्वमा सात  जना सदस्यीय कार्यसमिति चयन गरेको हो । जसमा ३ सदस्य पछि मनोनीत गरिनेछ ।

साधारण सभामा आदिवासी जनजाति महिला महासंघको पूर्व महासचिव सुनी लामा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खजित राई, चलचित्र निर्माता दिपक लामा, पत्रकार एवम् नेपाल थामी समाजका पूर्व उपाध्यक्ष टेकराज थामी, नेपाल थामी समाजका पूर्व अध्यक्ष कविराज थामी, थामी समाज, सिन्धुपाल्चोकका अध्यक्ष शरण थामी, नेपाल थामी समाजका निवर्तमान उपाध्यक्ष शान्ति थामी र लगायत विभिन्न जिल्लाका थामी महिलाहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस