होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : अध्यक्ष बिसी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : अध्यक्ष बिसी


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले फागुपूर्णिमा (होली पर्व)ले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् ।

होली पर्वका अवसरमा अध्यक्ष बिसीले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् ।

“नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, अध्यक्ष बिसीले शुभकामना सन्देशमा भनेका छन्, “होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु ।”

Tags :
प्रतिक्रिया दिनुहोस