२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय राजदूतावासले मनायो ५९औँ ‘आइटेक’ दिवस

अ+ अ-

काठमाडौँ । भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

शुक्रबार भएको कार्यक्रममा एम्सका पूर्व विद्यार्थी एवं नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत-नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाएका थिए । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए । सन् २०२३-२०२४ मा, नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिँदै उनले नेपालका सरोकारवालाको रुचिलाई ध्यानमा राख्दै आइटेकअन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी तालिमका अवसर प्रदान गरिने बताए ।  

कार्यक्रममा संसद्, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्वनेपाली विद्यार्थी गरी ३०० बढीको  उपस्थिति थियो । 

वरिष्ठ आइटेक अलम्नाइ-राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, ऊर्जा, पूर्वसचिव दिनेश घिमिरे, सङ्घीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोषकुमार ढकालले प्यानल छलफलमा सहभागी भई आ–आफ्नो आइटेक अनुभव सुनाएका थिए । 

कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले नृत्य प्रस्तुत गरेको थियो । 

घनिष्ठ एवं नजिकको छिमेकीको नाताले भारत सरकारले बितेका १५ वर्षमा दुई हजारभन्दा बढी नेपालीलाई आइटेकअन्तर्गत तालिम दिएको दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइको छ ।  

प्रतिक्रिया दिनुहोस