२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिबियाको सामूहिक चिहानमा कम्तीमा ६५ आप्रवासीको शव फेला

अ+ अ-

जेनेभा । यस हप्ता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । 

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताए । आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ । साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ । 

एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “तर मरुभूमिमा तस्करीका क्रममा उनीहरूको मृत्यु भएको विश्वास गरिन्छ ।” सन् २०११ मा नाटो समर्थिक विद्रोहमा तानाशाह मोअमर गद्दाफीको अपदस्त र हत्यापछि एक दशकभन्दा बढी समयको हिंसात्मक अस्थिरताले लिबियालाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिवर्तन गर्न सहयोग गरेको छ । यसमा लामो समयदेखि आप्रवासीहरूविरुद्ध दुर्व्यवहारको आरोप लगाइएको छ । 

आइओएमले मृत्युको अनुसन्धान सुरु गरेकामा लिबियाका अधिकारीहरूको प्रशंसा गरेको बताएको छ । एजेन्सीले अधिकारीहरूसँग ‘मृत आप्रवासीहरूको अवशेषको सम्मानजनक पुन प्राप्ति, पहिचान र हस्तान्तरण सुनिश्चित गर्न’ र उनीहरूको परिवारलाई सूचित गरी सहयोग गर्न आह्वान गरेको छ । 

“हराएका आप्रवासी वा जीवनको क्षतिको प्रत्येक रिपोर्टले आफ्ना प्रियजनका बारेमा जवाफ खोज्ने वा क्षतिको त्रासदीलाई स्वीकार गर्दै शोकमा परेका परिवारलाई प्रतिनिधित्व गर्दछ”, प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, “अपर्याप्त कारवाहीको मूल्य बढ्दो मानव मृत्यु र आप्रवासीहरूले आफूलाई चिन्तित बनाउने स्थितिमा पाउँछन् ।”

“आप्रवासीहरूको तस्करी र मानव बेचबिखनविरुद्ध समन्वयात्मक प्रतिक्रियासहितको अनियमित आप्रवासनका चुनौतीहरूलाई सम्बोधन गर्न तत्काल आवश्यक भएको आप्रवासीहरूको मृत्युहरूले देखाएको छ”, आइओएमले भनेको छ, “कानूनी आप्रवासनको अवसर प्रदान गर्ने नियमित मार्गहरूबिना यस मार्गमा यस्ता त्रासदीहरू सामान्य भइरहन्छन् ।”

आइओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्टका अनुसार सन् २०२३ मा युरोपको भूमध्यसागरीय मार्गमा कम्तीमा तीन हजार एक सय २९ को मृत्यु र बेपत्ता भएकाहरू गएका थिए । यसले उक्त मार्ग विश्वको सबैभन्दा घातक आप्रवासी मार्ग बनेको देखाएको छ । 

आइओएमले मार्गमा रहेका देशका अधिकारीहरूसँग आप्रवासीहरूको अवस्थाको पर्बाह नगरी र उनीहरूको यात्राका सबै चरणमा सुरक्षा र संरक्षण सुनिश्चित गर्नका लागि क्षेत्रीय सहयोग बढाउन आह्वान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस