तत्काल समाजवादी मोर्चा र वाम गठबन्धन निर्माण गर्ने सोचमा छैन एमाले : शंकर पोखरेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तत्काल समाजवादी मोर्चा र वाम गठबन्धन निर्माण गर्ने सोचमा छैन एमाले : शंकर पोखरेल


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताएका छन् ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले अहिले मोर्चा बनाउने वा वामपन्थी गठबन्धन बनाउने सोचका साथ सत्ता परिवर्तनको काम नभएको बताए ।

‘बाहिर चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने सोचबाट निर्देशित भएर हामीले यो कामहरू गरेको होइन, अहिले संसदमा रहेको वामपन्थी दलहरू मात्रै मिलेर वैकल्पिक सरकार दिन सक्ने अवस्था पनि छैन’, उनले भने ।

वामपन्थी गठबन्धन वा समाजवादी मोर्चा जस्ता कुरा गर्न थालियो भने अर्को मोर्चा पनि तयार हुन सक्दछ भन्ने कुरा बुझ्नु पर्ने पोखरेलको भनाइ छ । ‘जे सच्चाई हो त्यो सच्चाइलाई बुझेर नै प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता राख्यौँ हामीले राखेका छौँ’, पोखरेलले भने ।

चार पार्टीसँग एकीकृत समाजवादीलाई पनि जोड्नु पर्छ भनेर मेहनतका साथ एकीकृत समाजवादी पार्टीलाई सरकारमा जोडेको पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस